Tourist Bus Association of Nepal (TBAN) को निर्वाचन सम्पन्न, ईश्वर शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित

Posted by

नेपालमा टुरिष्ट बस संचालकहरु को छाता संगठन , Tourist Bus Association of Nepal (TBAN) को शुक्रवार निर्वाचन सम्पन्न भएको छ । हिजो साँझ आयोजना गरिएको नवौँ साधारण सभाबाट ईश्वर शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमिति यस प्रकारको रहेको छ: 
अध्यक्ष : ईश्वर शर्मा
प्रथम उपाध्यक्ष : ढकनाथ काफ्ले
द्धितीय उपाध्यक्ष : सुशील दाहाल 
महासचिव : दीपेन्द्र अधिकारी 
कोषाध्यक्ष : सुजन आचार्य 
सदस्यहरु: चिरञ्जीवी रेग्मी र अशोक अर्याल

निर्वाचित अध्यक्ष शर्माले टुरिष्ट बसपार्कलाई पुर्णता दिने र सातै प्रदेशमा टुरिष्ट बसलाई पुर्याउने सक्दो प्रयास गर्ने बताउनु भएको छ । काठमाण्डौदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि थुप्रै टुरिष्ट बसहरु सञ्चालनमा छन् । यात्रुहरुको प्रथम रोजाइमा पर्ने टुरिष्ट बसहरु पनि बिभिन्न समस्या झेल्नु पर्ने अवस्था छ । सुविधा सम्पन्न बसपार्क नहुनु, बाटोको अवस्था आदिले गर्दा यो क्षेत्रलाई असर पर्ने गरेको छ ।

भ्रमण बर्ष २०२० लाई सफल पार्न टुरिष्ट बसहरु को निकै ठुलो हात हुने मा कुनै दुई मत छैन । यात्रुहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो सेवालाई आझै स्तरिय बनाएर अघि बड्दै संघसँग आबद्ध बसहरु को समस्याहरु सुल्झाउन नयाँ कार्यसमिति सफल होस् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *