SmartYatru – बस संचालकहरूलाई के छ त यसमा ?

Posted by

प्रत्येक बस संचालकहरूको आफ्नै टिकट एजेन्टहरू हुन्छन्। एजेन्टहरू र ती एजेन्टहरूद्वारा बुक गरिएको टिकटहरू ब्यबस्थापन गर्न गाह्रो हुन सक्छ। बस संचालकहरूलाई एजेन्टहरू ब्यबस्थापनमा मद्दत गर्नको लागि हामीले SmartYatru मा नयाँ कार्यक्षमता थपेका छौं। हामीले SmartYatru मात्र टिकट बुकिंग प्लेटफर्मको रूपमा विकसित गरेका छैनौं। हामीले यसलाई पूर्ण बस प्रबन्धन प्रणाली (BMS) को रूपमा विकसित गरेका छौं। 

बस प्रबन्धन प्रणाली (BMS) के हो?

यो एक अनलाइन प्रणाली हो जुन बस संचालकहरूलाई उनीहरूको व्यवसाय अझ सुचारु रूपमा चलाउन मद्दत गर्न गरिएको छ। बस संचालकहरूले SmartYatruमा उनीहरूको व्यवसाय सम्बन्धी सबै सम्बन्धित जानकारी भण्डारण गर्न सक्दछन् र यसलाई जहाँबाट सजिलैसँग पनि व्यवस्थापन गर्न सक्दछन्।

यस प्रणाली प्रयोग गरेर के गर्न सकिन्छ?

१. अनलाइन बुकिंगका बस लागि उपलब्ध गराउन सकिन्छ ।
२. रुट / टिकट मूल्यहरू तपाईंको आवश्यकता अनुसार प्रबन्ध सकिन्छ ।
३. टिकट बुकिंग सजीलै प्रबन्ध गर्न सकिन्छ ।
४. बुकिंग र आम्दानीको बारेमा जानकारी सजीलै पाउन सकिन्छ ।
५. आफ्ना ग्राहकहरु लक्षित गरेर छुटदिन सकिन्छ ।
६. टिकट एजेन्टको व्यवस्थापन गर्न सकिन्छ ।

टिकट एजेन्टहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ?

बस संचालकले प्रणालीमा आफ्ना टिकट एजेन्टहरू समावेश गर्न सक्नुहुनेछ। समावेश एजेन्टहरूलाई निश्चित रकम विनियोजित गर्न सकिन्छ। एजेन्टहरूले SmartYatru को प्रयोग गरेर टिकट बुक गर्न सक्दछन्। बस संचालकले बुक गरिएको टिकटको बारेमा सूचना प्राप्त गर्नुहुनेछ। यसले बस संचालकलाई एजेन्टहरूबाट सबै बुकिंग को स्पष्ट जानकारी दिन्छ। बस संचालकसँग सबै बुकिंग सम्बन्धित जानकारी एक ठाउँमा हुनेछन्।
operator agent customer relationship smartyatru

यस प्रणालीका फाइदाहरू के हुन्?

१. कुन एजेन्टले कति वटा बुकिंग गरेको थियो भन्ने बारे जानकारी लिनुहोस्।
२. एजेन्टहरूले केवल तपाईंले छुट्याएको रकम बराबरको टिकट बुक गर्न सक्नेछन्।
३. एजेन्टहरूका लागि उनीहरू द्वारा गरिएको बुकिंगको बारेमा जानकारी प्राप्त गर्न सजिलो हुनेछ।
४. एजेन्टहरू सगं पैसा को हिसाब किताब गर्न सजिलो ।
dashboard-operator
थप जानकारी / प्रश्नहरूको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *