Dashain tihar travel dakshina from SmartYatru

नेपालीहरूको महान चाड दशैँ र तिहारको अवसरमा हामीले हजुरहरूको सामु “ट्राभल दक्षिणा”  उपहार ल्याएका छौँ।

खुशी र पिडा

चाडपर्वको बेला खुशी र उमंगका साथै एक किसिम को पिडा पनि हुने गर्दछ नेपालमा । जब जब चाडपर्व आउछन तब तब यात्रा गर्नलाई बस, हवाइजहाज अथवा अन्य कुनै साधनको टिकट पाउन एकदम मुस्किल हुन्छ । अचनाक सबै तिर हाहाकार मच्चिन्छ । घन्टौ लाइन लगेर, जति माग्छन त्यति पैसा तिर्छु भन्दा पनि टिकट पाउन गाह्रो हुन्छ अझ भनौ कतिपएले त पँहुचका आधारमा टिकट पाउने गर्छन् ।

के हो त ट्राभल दक्षिणा?

यसपाली भने हामीहरुले हजुरहरुलाई यस्तै यस्तै समस्याबाट छुटकरा दिन र हजुरहरुको खुशीको सागरमा हाम्रो तर्फबाट पनि खुशीका दुई चार वटा छिटा भएपनि थप्ने कोसिस गर्दैछौ ।

dashain smartyatru

SmartYatru ले दशैँ र तिहारको उपलक्ष्यमा हजुरहरू लाई असुविधा नहोस्, अधिक खर्च नहोस र सजिलैसँग आँफूले रोजेको राम्रो बस र सिटमा आफ्नो घर परिवारसँग यो महान् चाड मनाउन पाउनुहोस्; साथै आफ्नो साथी भाई सँग कतै भ्रमणमा सजिलै जानु पाउनुहोस् भनेर यो सुविधा दिन लगेको हो । टिकट बूकिङ गर्दा हरेक ग्राहकले ५-१५% सम्म छुट पाउनुका साथै थुप्रै अन्य उपहार पनि प्राप्त गर्नु हुने छ । उपहार विजेता को घोषणा हाम्रो टिमले गर्ने छ र हाम्रा समाजिक सन्जाल मार्फत सबैलाई जानकारी गराईने छ ।

घरै बसी बसी ल्याप्टप, कम्प्युटर, अथवा मोबाईल जे बाट आफुलाई सजिलो लाग्छ त्यसबाटै टिकट काट्न मिल्ने व्यवस्था SmartYatru ले मिलाएको छ । आफुलाई मनपरेको बसमा आफुले रोजेको सिटमा बसेर यात्रा गर्नुका साथै छुट तथा उपहार प्राप्त गर्दा पक्कै पनि कसलाई मन नहोला र ? SmartYatruले यो सम्भव बनाइदिएको छ तर सिमित समयको लागी । छुट तथा उपहारको व्यवस्था यही भदौ २१ गते देखी तिहारको टिकाको दिन सम्म लाई लागु हुनेछ ।

बस सन्चालक र रुटहरु

  • निम्न कम्पनीका तल बताइएका रुटहरुमा चल्ने बसका टिकट SmartYatru मार्फत काट्न मिल्ने छ :
    • Chitwan Safari Travel and Tours – काठमाडौँ – चितवन – काठमाडौँ , काठमाडौँ – पोखरा – काठमाडौँ (सोर्हखुट्टे, बालाजु, कलंकी हुदै पोखरा )
    • Deepjyoti Adventure Tours and Travels – काठमाडौँ – जनकपुर – काठमाडौँ
    • Kasara Tours and Travel – काठमाडौँ – चितवन – काठमाडौँ , चितवन – पोखरा – चितवन
    • Line up Travels and Tours – काठमाडौँ – पोखरा – काठमाडौँ (सोर्हखुट्टे, बालाजु, कलंकी हुदै पोखरा)
    • New Road Travels and Tours – काठमाडौँ – पोखरा – काठमाडौँ
    • Savation (Mokshya) Adventure Travels – काठमाडौँ – पोखरा – काठमाडौँ (जोरपाटी, गौशाला, रातोपुल, सुन्धारा, सोर्हखुट्टे, कलंकी हुदै पोखरा )
    • Shuva Jagadamba Tours and Travels – काठमाडौँ – पोखरा (सोर्हखुट्टे, बालाजु, कलंकी हुदै पोखरा)
    • World Touch Tours and Travels – काठमाडौँ – पोखरा (सोर्हखुट्टे, बालाजु, कलंकी हुदै पोखरा)
    • Tahalka Travels and Tours – बनेपा – पोखरा – बनेपा, भक्तपुर – पोखरा – भक्तपुर

सजिलो सुविधा का साथै SmartYatru ले सक्दो धेरै पैसा बचत होस् भनेर यो “ट्राभल दक्षिणा” योजना हजुरहरूको सामु ल्याएको हो।
पैसा बचत गरौं, सजिलो बुकिंग गरौं, SmartYatru प्रयोग गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *