Tourist Bus Association of Nepal(टिवान) को निर्वाचन सम्पन्न, ईश्वर शर्माको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको निर्विरोध निर्वाचित

नेपालमा टुरिष्ट बस संचालकहरु को छाता संगठन , Tourist Bus Association of Nepal(टिवान)को शुक्रवार निर्वाचन सम्पन्न भएको छ । हिजो साँझ आयोजना गरिएको नवौँ साधारण सभाबाट ईश्वर शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमिति यस प्रकारको रहेको छ: 
अध्यक्ष : ईश्वर शर्मा
प्रथम उपाध्यक्ष : ढकनाथ काफ्ले
द्धितीय उपाध्यक्ष : सुशील दाहाल 
महासचिव : दीपेन्द्र अधिकारी 
कोषाध्यक्ष : सुजन आचार्य 
सदस्यहरु: चिरञ्जीवी रेग्मी र अशोक अर्याल

निर्वाचित अध्यक्ष शर्माले टुरिष्ट बसपार्कलाई पुर्णता दिने र सातै प्रदेशमा टुरिष्ट बसलाई पुर्याउने सक्दो प्रयास गर्ने बताउनु भएको छ । काठमाण्डौदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि थुप्रै टुरिष्ट बसहरु सञ्चालनमा छन् । यात्रुहरुको प्रथम रोजाइमा पर्ने टुरिष्ट बसहरु पनि बिभिन्न समस्या झेल्नु पर्ने अवस्था छ । सुविधा सम्पन्न बसपार्क नहुनु, बाटोको अवस्था आदिले गर्दा यो क्षेत्रलाई असर पर्ने गरेको छ ।

भ्रमण बर्ष २०२० लाई सफल पार्न टुरिष्ट बसहरु को निकै ठुलो हात हुने मा कुनै दुई मत छैन । यात्रुहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो सेवालाई आझै स्तरिय बनाएर अघि बड्दै संघसँग आबद्ध बसहरु को समस्याहरु सुल्झाउन नयाँ कार्यसमिति सफल होस् ।


Kathmandu-Pokhara-Ghandruk : A travel experience

The distance between Kathmandu to Ghandruk is approximately 300 km. We started our journey to Ghandruk at early October with my friends. We booked tickets online for a tourist bus to Pokhara. We departed early in the morning at 7 am. The ride to Pokhara was smooth and the view was amazing. We made stops at Malekhu, Mugling, and Bandipur to rest and enjoy the beauty of those towns. Mugling is considered to be the midpoint of Kathmandu and Pokhara. Malekhu is famous for the local fish from the river Trishuli. And Bandipur, has its own beauty.

Continue reading “Kathmandu-Pokhara-Ghandruk : A travel experience”
Page 1 of 2
1 2